Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद बैठक दिउँसो २ बजे सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

सभामुखको सचिवालयका अनुसार विपक्ष दलको आग्रहपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ ।

आजको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेका छन् । हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेलको स्थिती बनेपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोलाई सारिएको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ ।

तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077