Online Nepal
  • बुधबार, २ माघ २०८१
  • अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान छ : पुटिन

    अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान छ : पुटिन

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 552
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान रहेको बताएका छन् ।

    चीनको सरकारी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा पुटिनले यस्तो बताएका हुन् ।



    पुटिनले भने, ‘दुवै देशले अन्तर्राष्ट्रिय कानून, समानता र सुरक्षाको सही प्रयोगको वकालत गर्दछ। हामी झूटको आधारमा प्रतिबन्ध लगाउने पश्चिमी देशहरूको प्रयासको विरोध गर्छौं। केही यस्ता नियम छन् जसको निर्माण कसले गरेका हुन् भन्ने थाहा छैन। ‘



    पुटिनको चीन भ्रमणको समयमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भने आफ्नो सबै विदेश यात्रा स्थगित गरेका छन्।

    जेलेन्स्कीको यस हप्ता पोर्चुगल र स्पेन भ्रमण गर्ने योजना थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् ।

    दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । पुटिन र सी जिनपिङबीच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियाली रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार