Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुनेछ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने बताएका छन् ।

बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ,’ ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’

आज एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ३१औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै मनाइँदै छ ।

एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दै छन् । वि.संं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077