Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ यात्रु घाइते

पाल्पा । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएबा छन् ।

लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क)स्थित भित्री सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी निस्दी गाउँपालिका–४, घ्याङसीवासका १६ वर्षीय तेजन सोमै र निस्दी गाउँपालिका–४, बेलखर्कका ७ वर्षीय राजीव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुर र मध्यविन्दु अस्पताल पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077