Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे गगन थापा र कृष्ण सिटौला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रसका महामन्त्री गगनकुमार थापा तथा कृष्ण सिटौलाबीच भेटवार्ता भएको छ ।

बालुवाटार स्रोतका अनुसार संसदीय छानबिन समिति र संसदको गतिरोध हटाउने विषयमा उनीहरूबीच सघन छलफल भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि कांग्रेस नेताहरूले आज साँझ ६ बजेतिर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

थापा र सिटौलाले सहकारीको रकम हिनामिनामा संलग्न रहेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्‍याएका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कांग्रेसले संसदमा दादागिरी देखाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077