Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूखमा बाँधेर मानिस जलाइएको घटनामा अनुसन्धान गर्न खटियो सीआईबी

काठमाडौं । रूखमा बाँधेर मानिस जलाएको घटनाको अनुसन्‍धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली खटिएको छ।

गत शुक्रबार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोस्थित बिराजे खोल्चा वनमा एक पुरूष मृत फेला परेका थिए।

घटना शंकास्पद भएसँगै सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक विश्लेषणका लागि टोली खटिएको हो ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको शव फेला परेको थियो।

मृतक सुवेदीको पहिचान मंगलबार मात्रै खुलेको थियो। उनका छोराले दाँतमार्फत् सनाखत गरेसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

रूखमा बाँधेर आगो लगाएको अवस्थामा फेला परेका सुवेदी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथलीस्थित घरबाट निस्किएका थिए।

तर उनी गत शुक्रबार अर्थात २८ गते मृत फेला परेका थिए। मुख र छातीमा तार लगाएर उनलाई रूखमा बाँधिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077