Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविको मन्त्रालयमा विवादास्पद सहसचिवहरूको ‘इन्ट्री

काठमाडौं । विगतमा विवाद र कारबाहीमा परेका सहसचिवहरू गृह मन्त्रालयमा भित्रिएका छन् ।

भ्रष्टाचार मुद्दामा परेका तथा सरकारी निर्णयमै कीर्ते गरेको विषयमा छानविनमा रहेका सहसचिवहरू गृहमा भित्रिएका हुन् ।

सोमबार भएको सहसचिव सरुवामा विवादास्पदहरुलाई रवि लामिछाने नेतृत्वको गृह मन्त्रालयमा लगिएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृत हुँदा मेयरकै निर्णय कीर्ते गरेर कर्मचारीको छोरीलाई जागिर खुवाएको आरोप लागेका बसन्त अधिकारीलाई गृहमा सरुवा गरिएको छ ।

उनीमाथि कारबाही गर्न काठमाडौं महानगरपालिकाले पत्राचार गरेको थियो । यातायातमा हुँदा पनि उनी अकुत कमाएका कर्मचारी हुन् ।

स्रोतका अनुसार गृहसचिव एकनारायण अर्यालले उनलाई ल्याएका हुन् । गृहसचिवका कारण मन्त्री लामिछानेमाथि समेत प्रश्न उठेको छ ।

त्यस्तै, विगतमा भ्रष्टाचार मुद्दामा परेका तिर्थराज भट्टराई पनि गृह मन्त्रालयमा तानिएका छन् । काठमाडौंको स्थानीय विकास अधिकारी हुँदा भूकम्पको पाल खरिदको भ्रष्टाचारमा उनी परेका थिए ।

पछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक हुँदा पनि नियम मिचेर ठेक्का दिएको घटनामा तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई कारबाही स्वरुप हटाएका थिए । भट्टराई फेरि गृहमा भित्रिएका छन् ।

जून सरुवा निकै शंकास्पद देखिएको छ । त्यस्तै, उद्योग विभागमा विवादै विवादमा परेका सहसचिव रामचन्द्र तिवारीको पनि गृहमा सरुवा भएको छ ।

गृहमा रहेका माहादेव पन्थ, रामेश्वर मरहठ्ठा, बद्रीनाथ गैरे, रुद्र पण्डित, श्रवण पोखरेल लगायत सहसचिव बाहिरिएका छन् । कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेका पण्डित विगतमा माओवादी निकट ट्रेड यूनियनको नेता हुन् ।

नयाँ सहसचिवहरु सिडिओ हुँदा आकांक्षासहित भित्रिएको बताइन्छ । गृह मन्त्रालयले एक दर्जन जिल्लामा सिडिओ हेरफेरको तयारी गरिरहेको छ ।

बाँकेका सिडिओ श्रवण पोखरेल अब गृहमा काम गर्न नसक्ने भन्दै आफैं सरुवा मागेर भागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077