Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेतृत्वको सत्ता मोहका कारण देशमा अस्थिरता पैदा भएको छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारको स्थायित्व खोज्न नेतृत्वले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताएका छन् ।

अनेरास्ववियुद्वारा आयोजित ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ विद्येयक कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताको कारण व्यवस्था नभई नेतृत्व भएको बताए ।

नेता पौडेलले भने,‘पछिल्लो समय भएका राजनीतिक अस्थिरताका कारण अहिले व्यवस्थाको कारणले होइन । यो व्यवस्था सबै भन्दा उत्कृष्ट छ । तर, यसको ड्राइभ गर्ने नेतृत्वको स्वार्थका कारण अस्थिरता पैदा भएको छ।’

कहिले गठबन्धन बन्ने र फुट्ने विषय कुनै दार्शनिक चिन्तन मिलेर नभएको उनको भनाइ छ ।

सबै दलका मुख्य नेतृत्वको सत्ता मोहका कारण यस्तो भएको उनको दाबी छ ।

जबसम्म नेतृत्वको केन्द्रीकृत व्यवहार परिवर्तन हुँदैन तबसम्म राजनीतिक स्थिरता नआउने नेता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077