Online Nepal
  • शनिबार, २० पुष २०८१
  • कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतर्फ

    कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतर्फ

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संसद्को ठूलो दल नेपाली कांग्रेसले आफ्नो रणनीतिमा सहकारी बचत रकम अनियमिततासँग जोडिएका गृहमन्त्री रवि लामिछानेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अब निसाना बनाउने भएको छ । सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेको बचाउमा एमाले अध्यक्ष ओली खुलेर लागेपछि कांग्रेसले आफ्नो एजेन्डामा ओलीको नाम पनि थपेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी अनियमितता प्रकरणको छानबिन गर्न नरम देखिएका बेला एमाले अध्यक्ष ओली सहकारी अनियमितताको विषयमा छानबिन नै गर्न नहुने पक्षमा उभिएपछि कांग्रेसले आफ्नो निसानामा ओलीलाई पनि राखेको हो ।



    आइतबार र मंगलबारको भेटपछि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डसँग नरम देखिएका छन् । आफू छानबिन समिति बनाउन सकारात्मक भए पनि एमाले र रास्वपाले नमानेको बिफ्रिङ प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूसँग गरेका थिए ।



    एमाले अध्यक्ष ओली सहकारीको अनियमितता प्रकरणमा छानबिन गर्न तयार नहुनुको पछाडि मुलुकभर झन्डै २ सय सहकारीमा एमालेका नेता तथा कार्यकर्ता मुछिने आँकलन छ । कांग्रेसले अहिले सहकारी अनियमितता प्रकरणको विषयलाई जोडतोडका साथ उठाइरहेको छ ।

    साथै, कांग्रेसले आफ्नो भ्रातृ संगठनमार्फत सहकारी बचत रकम अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै आन्दोनलनसमेत चर्काउने जनाइसकेको छ । सडकदेखि सदनसम्म कांग्रेसले सहकारी अनियमितता प्रकरणलाई उठाउने भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार