Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेरो पहिलो प्राथमिकता एमाले नै हो, तर अब पार्टीमै बसिरहने सम्भावना कम छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन् ।

मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन् ।

उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको बताउँदै आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको टिप्पणी गरे ।

उनले सो अन्तर्वार्तामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना पनि गरेका छन् । अहिले आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077