Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा संवैधानिक संकटको अवस्था नआओस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई संसद् अवरुद्ध गर्दा संविधानको ख्याल राख्न आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रम र बजेट नै प्रभावित हुने गरी संसद् अवरुद्ध हुने अवस्था आउन नदिन सभामुख घिमिरेले राजनीतिक दलका सचेतकहरूलाई यस्तो आग्रह गरेका हुन् ।

राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई सिंहदरबारस्थित कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले सहमतिका लागि प्रयास गर्न आग्रह गरे ।

सभामुख घिमिरेले भने, 'दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो होइन । राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ । संवैधानिक संकट हुने अवस्था नआओस् ।'

प्रमुख प्रतिपक्ष कांग्रेसका सचेतक सुशीला थिङले भने कांग्रेसले सहकारीको अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग यथावत रहेको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अघिल्लो बैठकमा सभामुखले बोल्न समय दिँदा पनि बोल्न नपाएको कुरा उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077