Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी प्रकरण : रविमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न प्रधानमन्त्री 'सकारात्मक'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्न सकारात्मक बनेका छन् ।

कांग्रेसका नेताहरू महामन्त्री गगन थापा तथा प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रमुख सचेतक लेखकका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा अवरोध नगर्दिन कांग्रेस नेताहरूसँग अनुरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले उठाइरहेको माग आफूलाई सम्बोधन गर्नुपर्ने विषय भएको भन्ने लागिरहेको र समस्याको समाधान हुने गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका लेखकले जानकारी दिए ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077