Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह - नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसद् अवरोध नगर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका छन् ।

आज बिहान कांग्रेसका नेताहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्ने भएकाले अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीले भनेका छन् ।

राष्ट्रपतिलाई संसद्मा अवरोध गर्दा गलत सन्देश जाने भएकाले लचक बन्न प्रधानमन्त्रीले आग्रह गरे । जवाफमा कांग्रेसका नेताले संसदीय दलको बैठकपश्चात कसरी अगाडि बढ्ने निर्णय हुने बताएको छ ।

छलफलमा महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका नेता सहभागी थिए।

कांग्रेसले सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077