Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आरसीबीको छैटौं जित, प्लेअफ सम्भावना कायमै

    आरसीबीको छैटौं जित, प्लेअफ सम्भावना कायमै

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 714
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ ।

    घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई ४७ रनले हराएको हो ।



    बेंगलूरुले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो । दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए । बेंगलूरुका यश दयालले ३ विकेट लिए ।



    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । बेंगलूरुका लागि रजत पतिदरले ५२ रन बनाए ।

    दिल्लीका खलिल अहमद र रशिख सलामले २–२ विकेट लिए । जित पछि पाँचौँ स्थानमा उक्लिएको बेंगलूरुको १३ खेलमा १२ अङ्क भएको छ । समान खेल र समान अङ्क रहेको दिल्ली छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार