Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक छ : बाबुराम भट्टराई

    अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक छ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 426
    SHARES

    नवलपरासी । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन्।

    नवलपुरको कावासोतीमा आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



    अध्यक्ष भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेको बताए ।



    अध्यक्ष भट्टराईले भने,’अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन । अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन । त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ ।’

    अहिलेको व्यवस्थामा ६/६ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने अध्यक्ष भट्टराईको छ ।

    अध्यक्ष भट्टराईले सरकार ६ ६ महिनामा फेरिएका कारण अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । भ्रष्ट्राचार नियन्त्रणका लागि संसद्प्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि अध्यक्ष भट्टराईले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार