Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नोटमा चुच्चे नक्सा छाप्ने निर्णयको बिरोध गर्ने राष्ट्रपतिका सल्लाहकारको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर उनले दिएको राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेका हुन् ।

सरकारले नेपालको चुच्चे नक्सा १ सयको नोटमा राख्न राष्ट्र बैंकलाई अनुमति दिएको थियो।

उक्त निर्णय अनुचित भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिएपछि उनी पछिल्लो समय विवादमा मुछिएका थिए।

नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए

। गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

डा. नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077