Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवीको राजीनामा स्वीकृत

    राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवीको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 747
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीकृत भएको छ ।

    राष्ट्रपति कार्यालयले नेपालको राजीनामा स्वीकृत भएको जनाएको हो। नेपालको एक सय रुपैयाँको नोटमा नयाँ नक्सा प्रकाशित गर्नेसम्बन्धी विषयबारे उनले बोलेको विषयमा यसअघि राष्ट्रपतिले नै उनीसँग सोधखोज गरेका थिए ।



    त्यसपछि नेपालले विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गरेका थिए ।  मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए ।



    यस विषयमा राष्ट्रपति पौडेल आफैले बोलाएर उनीसँग सोधपुछ गरेका थिए ।

    नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट भएका थिएनन्। उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार