Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र

    मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 495
    SHARES

    काठमाडौँ । नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो ।



    अनुमतिपत्रबापत २१ करोड रुपियाँ दस्तुर लिएर टेलिकमलाई अनुमतिपत्र उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।



    नेपाल टेलिकमले हाल सञ्चालन गरिरहेको मोबाइल सेवाको अनुमतिपत्रको अवधि शुक्रबार सकिएपछि प्राधिकरणले अन्तिम दिन नै नयाँ अनुमतिपत्र जारी गर्ने निर्णय गरेको हो ।

    कम्पनीले पहिलो पटक २०५६ वैशाख २८ गते मोबाइल सेवासमेत सञ्चालन गर्न सक्ने गरी आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो ।

    तीन किस्तामा नवीकरण गर्नुपर्ने प्रावधानसहितको उक्त अनुमतिपत्रको अवधि २५ वर्षलाई तोकिएको थियो । उक्त अवधि शुक्रबार पूरा भएको हो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार