Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र

काठमाडौँ । नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

अनुमतिपत्रबापत २१ करोड रुपियाँ दस्तुर लिएर टेलिकमलाई अनुमतिपत्र उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

नेपाल टेलिकमले हाल सञ्चालन गरिरहेको मोबाइल सेवाको अनुमतिपत्रको अवधि शुक्रबार सकिएपछि प्राधिकरणले अन्तिम दिन नै नयाँ अनुमतिपत्र जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले पहिलो पटक २०५६ वैशाख २८ गते मोबाइल सेवासमेत सञ्चालन गर्न सक्ने गरी आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो ।

तीन किस्तामा नवीकरण गर्नुपर्ने प्रावधानसहितको उक्त अनुमतिपत्रको अवधि २५ वर्षलाई तोकिएको थियो । उक्त अवधि शुक्रबार पूरा भएको हो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077