Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गगन थापा चटके हैनन्, अनुकरणीय पात्र हुन्

    गगन थापा चटके हैनन्, अनुकरणीय पात्र हुन्

    अनलाइन नेपाल
  • शनिबार, २९ बैशाख २०८१
  • 4.6K
    SHARES

    काठमाडौं । सुरुवातमै प्रष्ट पार्न चाहन्छु कि गगन थापा भए रहेको पार्टीसँग मेरो दुर दराजको साइनो छैन र हुने पनि छैन ।

    कुनै बेला जीवनले नयाँ मोड लिएछ र नेपालको राजनीतिमा सक्रिय रूपमा लाग्ने निर्णय लिइएछ भने गगन थापा नेतृत्वको दल कमसेकम म आबद्ध हुने दलको प्रतिस्पर्धी दल हुनेछ ।



    यद्यपि यो सत्यताको बिचमा पनि एउटा अकाट्य सत्य के हो भने हालको नेपाली राजनीतिमा अध्ययन अनुसन्धान र अनुभव मिश्रित व्यक्तित्व सहितको युवा नेता गगन थापा भए रहेकाहरू मध्य अग्रस्थानमा छन् ।



    उनको बोलीहरूमा अक्सर तथ्य मिसिएको हुन्छ । उनी अनावश्यक गाली गलौचमा उत्रिने गर्दैनन् तर सम्मानार्थी शब्दहरू र तथ्य सहितको तर्क गर्दै आवश्यक आलोचना गर्न पनि छोड्दैनन् । अनि सबै भन्दा महत्वपूर्ण कुरा उनी गल्ती भएको छ भन्ने पुष्टि हुँदा वा स्वज्ञान प्राप्त हुँदा त्यसलाई ढाक्ने भन्दा पनि नलुकाई स्वीकार गर्नेमा विश्वास राख्छन् ।

    उनी आफ्नो जिम्मेवारीमा सफल रहन आफू सहितको सुयोग्य पात्रहरू अर्थात् सम्बन्धित विषय विज्ञहरूलाई राखेर आवश्यक अध्ययन अनुसन्धान सहितको योजना निर्माण गर्दै त्यसलाई कार्यान्वयनमा जान्छन् ।

    उनी नेपाली काँग्रेस पार्टी भित्र व्याप्त जडतालाई तोडेर त्यस पार्टीलाई एक जिम्मेवार उत्तरदायी र जनमुखी एजेन्डामा केन्द्रित पार्टी बनाउन संघर्ष गर्दैछन । हो, व्यवस्था बदल्न सफल गगन आफ्नै पार्टीको अवस्था बदल्न सफल भैसकेका छैनन् तर पनि उनी अविचलित रूपमा लागिरहेका छन् ।

    यो पनि भन्न सकिन्न कि गगन स्वयमले भने अनुसारको बाँकी दस वर्षीय उनको राजनीतिक जीवनकालमै उनले आफ्नै पार्टीको जड तोडेर उनले आफूले सोचेको जस्तो काँग्रेस बनाउन सक्लान् वा नसक्लान् ।

    तर यति जरुर भन्न सकिन्छ कि जेसुकै हुँदा पनि एउटा सत्य अव बदलिने छैन त्यो के भने भविष्यको कुनै काल खण्डमा नेपाली काँग्रेस जनताले सोचे जस्तो सुसंस्कृत जनमुखी पार्टी बनेछ भने त्यस्तो काँग्रेसको परिकल्पनाकारको रूपमा इतिहासले गगन थापालाई सम्झने छ ।

    कसरी ? त्यसैगरि जसरी प्रजातन्त्र र निरंकुशताको लडाई चल्दै गर्दा नै संसार छोडेर गएको भए पनि आज पनि हामी विश्वेश्वर प्रसाद कोइरालालाई प्रजातन्त्र स्थापनाको हस्तीको रूपमा स्मरण गर्छौँ । त्यसो भनेर फेरी मैले गगन थापाको जीवनकालमा वा उनको सक्रिय राजनीतिक जीवनमा काँग्रेस रूपान्तरण हुने छैन भन्न खोजेको हैन बरु भन्न खोजेको के हो भने त्यस पार्टीका मान्छेले काँग्रेस हुनुमा गर्व गर्न सक्ने र हामी जस्ता काँग्रेस पार्टीमा आबद्ध हुँदै नहुनेले चाहिँ एक जिम्मेवार र नैतिकता सहितको प्रतिस्पर्धीको रूपमा काँग्रेसलाई मान्न सक्ने अवस्थाको निर्माण तिनै गगन थापाकै सोचको कार्यान्वयनले मात्रै सम्भव छ ।

    त्यसैले हाललाई यति मात्रै भनौँ होला कि सहकारी ठगी अनुसन्धान हुने हो भने आफ्नो गफाडी राजनीतिमा कडा ब्रेक लाग्ने डरले अत्तालिएर रवि लामिछानेले बेतुके चुनौती दिए भन्दैमा गगन थापालाई रवि लामिछाने सँग तुलना गर्ने हतारो कमसेकम अहिले नगरौँ ।

    रवि लामिछानेलाई शुभकामना आफ्ना बोली र व्यवाहारलाइ एक बनाउँदै , थप परिष्कृत हुँदै आफूलाई सबल र सफल तुल्याउनुस् ।

    यद्यपि त्यसो गर्दै अगाडी बढ्दा पनि ज्ञान र अनुभवले गगन थापा आज भए रहेको ठाउँमा पुग्न रवि लामिछानेलाई कमसेकम डेढ दशक लाग्नेछ किन कि गगन थापा कुनै चटक बाट नभई एक सुसंस्कृत राजनीतिको अप्ठेरा खुडकिलोहरु चढ्दै यहाँ पुगेका अनुकरणीय पात्र हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार