Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – गाउँमा अस्पताल बनाउने नाममा अर्बौँ रुपैयाँ खेर गइरहेको छ

    कांग्रेस महामन्त्री थापाले भने – गाउँमा अस्पताल बनाउने नाममा अर्बौँ रुपैयाँ खेर गइरहेको छ

    अनलाइन नेपाल
  • शनिबार, २९ बैशाख २०८१
  • 426
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गाउँनै पिच्छे अस्पताल बनाउने नाममा अर्बौँ रुपैयाँ खेर गइरहेको बताएका छन् ।

    काठमाडौं महानगरपालिका-३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोस्रो वार्षिकोत्सव तथा स्वास्थ्य बिमा शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले स्थानीय सरकारले गाउँनै पिच्छे ५० शय्याको अस्पताल माग गरिरहेको भन्दै सरकारले अस्पतालमा भन्दा नागरिकलाई स्वस्थ राख्नका लागि लगानी बढाउनुपर्ने बताए ।



    स्थानीय सरकारले गाउँ गाउँमा अस्पताल बनाउने नाउँमा अर्बौँ रुपैयाँ खेर फ्यालिरहेको उनको भनाइ छ ।

    उनले स्थानीय सरकारले अस्पताल खोल्नेमा भन्दा जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

    उनले स्थानीय सरकारले नागरिकको स्वस्थ जीवनशैलीका लागि नीति कार्यक्रम र बजेट बनाएर सहयोग गर्नुपर्ने र आधारभूत स्वास्थ्योपचार हरेक गाउँसम्म पुर्‍याउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार