Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित उठेर नाराबाजी गर्दै अवरुद्ध गरेका थिए ।

उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनीसमेत दिए ।

सभामुख घिमिरेले पटक-पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरु बस्न नमानेपछि बैठक यही जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077