Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री बन्ने प्रस्ताव नमानेपछि कांग्रेस रविविरूद्ध खनियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले छुद्र खेल खेलेको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले कुनै दोषी नभएका व्यक्तिलाई सनकको भरमा गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने बताए ।

उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेले डेढ वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव नमानेपछि कांग्रेस अराजनीतिक तवरले लागेको बताए ।

ओलीले भने,'एकातितर प्रधानमन्त्री भइदिनुस्, यो समीकरण छोड्नुस्, हाम्रोतिर आइदिनुस्, डेढ वर्ष प्रधानमन्त्री खाइदिनुस् भन्ने। त्यो हुन्न भनेर सम्झौतामा सही नगरेपछि विभिन्न फाइल बोकेर रिसर्च गरेर कुद्ने ! कांग्रेसको यस्तो तरिका फेयर छैन ।'

कांग्रेसको प्रस्ताव अस्वीकार गरेपछि रवि लामिछानेमाथि अनुसन्धान थालिएको ओलीको भनाइ थियो । कांग्रेसले यो सरकार गठन भएदेखि छुद्र खेल थालेको पनि ओलीको भनाइ थियो ।

कांग्रेसले जसरी छानबिन समिति माग्दै जाने हो भने भविष्यमा अरुको पनि छानबिन हुने उनले बताए ।

अध्यक्ष ओलीले समीकरण भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि कांग्रेस छुद्र खेलमा लागेको टिप्पणी गरे । अध्यक्ष ओलीले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077