Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पञ्जाब किंग्सविरुद्ध आरसीबीको सहज जित, प्लेअफको सम्भावना कायमै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई हराएको छ ।

बिहीबार राति धर्मशालामा भएको खेलमा आरसीबीले पञ्जाबलाई ६० रनले पराजित गरेको हो । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो ।

अङ्क तालिकामा १२ खेलमा १० अङ्कसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077