Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदको बर्खे अधिवेशन आजबाट, के गर्ला कांग्रेस ?

काठमाडौं । संसदको बर्खे अधिवेशन आजबाट सुरू हुँदैछ । प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

शुक्रबार अधिवेशनको पहिलो दिन भएकाले सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पनि कार्यसूची रहेको छ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० अनुसार सभामुखले बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जानकारी दिएको छ।

बजेट अधिवेशन सुरू भएको सन्दर्भमा शुक्रबार दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची रहेको पनि संसद सचिवालयले बताएको छ।

यसैबीच शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्।

त्यस्तैउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077