Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवा भन्छन् - वर्तमान सरकारले अधिनायकवादी छनक देखायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अधिनायकवादी छनक देखाएको आरोप लगाएका छन् ।

आफूलाई भेट्न आएका पार्टीका गण्डकी प्रदेश संसदीय दल नेता सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभा सदस्यहरूसँग बूढानीलकण्ठस्थित निवासमा कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सत्तारूढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै सभापति देउवाले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको बताए । उनले पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय पैदा भएको बताए ।

सभापति देउवाले संवैधानिक परिधिभित्र रहेर स्वतन्त्र, निष्पक्ष र पारदर्शी रूपमा काम गर्ने निर्वाचन आयोगमाथि पनि कसैले दबाब दिएको हो कि भन्ने संशय व्यक्त गरे।

सहकारीमा बचतकर्ताले बचत गरेको अर्बौं रकम अपचलन भएको विषय आएको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत यस प्रकरणमा मुछिएका कुरा आए पनि सरकारले गम्भीरतापूर्वक नलिएको देउवाको भनाइ थियो।

सभापति देउवाले सहकारी प्रकरण संसदीय छानबिन समिति गठन गरेर निष्कर्षमा पुगिनुपर्ने पक्षमा पार्टी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077