Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुनःस्थापना केन्द्रको छतबाट हाम फालेर मृत्यु

कैलाली । कैलालीमा पुनःस्थापना केन्द्रको छतबाट हाम फालेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटास्थित नयाँ बाटो पुनःस्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो ।

उक्त सुधार केन्द्रको एकतले भवनको छतबाट हाम फालि गम्भिर घाइते भएका उनलाई उपचारको लागी घोडाघोडी अस्पताल सुखडमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका थिए ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077