Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिराहाका एसपी हेडक्वार्टरको छानविनमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ ।

साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् ।

उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ ।
एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले कार्यक्षमतामा कमजोर रहेका ६ एसपीलाई तानिसकेको छ । आचार्यको हकमा पनि कैफियत देखिएका हटाउने सम्भावना छ ।

त्यस्तै, सुनसरीका एसपी विपिन रेग्मीमाथि समेत उजुरी बढ्न थालेको छ । जिल्लामा समन्वय राम्रो गर्न नसकेको र तस्करी समेत बढेको भनेर प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077