Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : चेन्नईसँग पञ्जाब २८ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले पराजित गरेको छ ।

आइतबार हिमाचल प्रदेश रंगशालामा भएको खेलमा चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । खेलमा अलराउन्ड प्रदर्शन गरेका रवीन्द्र जडेजा नायक बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

जितपछि ११ खेलमा १२ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने समान खेलबाट ८ अङ्कसहित आठौँ स्थानमा सीमित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077