Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टर्कीले रोक्यो इजरायलसँगको व्यापार

एजेन्सी। टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायलसँगको व्यापार रोकेको छ।

टर्कीको व्यापार मन्त्रालयले दुई देशबिचको आयात निर्यात रोकेको घोषणा गरेको हो । इजरायलबाट हुने आयात र त्यसतर्फ हुने निर्यातलाई राँकिएको र यसमा सबै सामानहरू पर्ने एक विज्ञप्तिमा बिहीबार मन्त्रालयले भनेको छ ।

इजरायल सरकारले गाजामा मानवीय सहायतालाई निर्बाध र पर्याप्त प्रवाहलाई अनुमति नदिएसम्म टर्कीले यी नयाँ उपायहरू कठोर र निर्णायक रूपमा लागू गर्ने बताइएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बन्दरगाहबाट इजरायलको आयात र निर्यातमा बाधा पुर्याएर सम्झौता उल्लङ्घन गरेको इजरायलका विदेशमन्त्री इजरायल काट्जले आरोप लगाएकै समयमा यो घोषणा गरिएको हो ।

सन् २०२३ मा दुई देशबिचको व्यापार ६ अर्ब ८० करोड डलर डलर थियो । गत वर्ष टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको थियो । गाजामा हवाई सहायता रोकेको र सैन्य कारबाही गरेको आरोप पनि उसले इजरायलमाथि लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077