Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनप्रति इंगित गर्दै केपी ओलीले भने - डोजर लगाएर समस्या समाधान हुँदैन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन्।

भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गरिब र सुकुम्वासी देख्नै नहुने कुनै पनि सरकारले गर्न नहुने बताए।

सुकुम्वासीका छाप्रा भत्काउन समयसमयमा डोजर चलाउने गरेको भन्दै उनले लोकतन्त्रमा समस्या समाधान सहमतिबाट लिनु पर्नेमा जोड दिए।

केही समयअघि काठमाडौंको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको प्रशंग उठाउँदै उनले गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापनका लागि प्राथमिकता दिनुपर्ने धारणा राखे।

अध्यक्ष ओलीले भने,‘मैले परारको साल पनि भनेको थिएँ, सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर।सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ?’

अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताए । उनले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताए ।

केही समयअघि काठमाडौँका सुकुम्वासी बस्तीमा मेयर बालेन्द्र साह (बालेन)ले डोजर चलाएका थिए । गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापन गर्न सकिने भन्दै यत्रो देशमा रहेका यति जनता व्यवस्थापन गर्न सकिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077