Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन। चितवनमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका–४ स्थित वडा कार्यालयनजिक भित्री सडकखण्डमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो। दुर्घटनामा रत्ननगर–३, बन्सीका १८ वर्षीय सुमित महतो र सोही ठाउँका २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार, मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका निम्ति भरतपुर अस्पतालमा पठाइएको थियो ।

अस्पतालमा चिकित्सकले ईसीजी गरी राति १२ः५५ बजे दुवैजनाको मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुईमध्ये दुर्घटनाका बेला मोटरसाइकल कसले चलाएका थिए भन्ने खुलेको छैन । उक्त घरको भित्तामा समेत क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077