काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् ।
बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।
उनले यसबारे सरकार र सरकारका निकायहरूसँगै निजी क्षेत्रले समेत प्रष्ट धारणा बनाएर अघि बढ्नुपर्ने बताइन् ।
उनले तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यान्वयनमा ल्याएको बताइन् ।
सो फ्रेमवर्कमा आवश्यक परिमार्जन समेत गरेर डिजिटल रूपान्तरणमा वर्तमान सरकारले जोड दिएको उनको भनाइ छ ।
Leave a Reply