Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ ।

५ चैतमा सर्वोच्च अदालतको गेटबाट हतियारसहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए ।

उनीहरु पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरेको थियो ।

सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077