Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कान्ति लोकपथमा १३ घण्टा यातायात सञ्चालनमा

हेटौँडा । कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौं जोड्ने सडक आइतबार बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।

स्तरोन्नतिसँगै मर्मतका निम्ति गएको चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपराह्न १२ र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

बिहानको समयमा तीन घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिइने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौँडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् । सोअनुसार आउँदो जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ ।

ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077