Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तेस्रो लगानी सम्मेलन आइतबारदेखि राजधानीमा सुरु भएको छ । नेपालमा लगानी गर्न चाहनेहरुलाई सहजीकरण गर्न आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७६ संशोधनका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077