Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाल्पा । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लो तिनाउ गाउँपालिका–२, दोभान सिसखोलामा शनिबार अपरान्ह ४६ वर्षीय देव बहादुर बलालको घटनास्थलमै मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४६ वर्षीय बलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय र वडाध्यक्ष लगायतको रोहबरमा दुर्घटनाको मुचुल्का गरिएको बताइएको छ ।

दोभान प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयले घटनाका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077