Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीसँग सीके राउतको आग्रह - अग्नि पीडितलाई राहत उपलब्ध गराउनू

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्नि पीडितलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।

शुक्रबार अध्यक्ष राउतले गृह मन्त्रालयमा गएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले भूकम्प पीडितहरूलाई दिएको जस्तै अग्नि पीडितलाई पनि राहत दिन आग्रह गरे ।

सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लामा भएको आगजनीले धनजनको ठुलो क्षति भएको छ ।

सानो राहतले पुरा नहुने भएकाले सरकारले विशेष प्याकेज बनाएर राहत प्रदान गर्न उनले आग्रह गरे ।

यस्तै उनले अग्नि पीडितका लागि घर बनाइदिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077