Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकको गलत नापी गराएर ३८ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सडकको गलत नापी गराई ३८ लाख ७६ हजार २७० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले तत्कालीन गाउँपालिका उपाध्यक्ष मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली,

सव इन्जिनियर हरिप्रसाद पाण्डेय, तत्कालीन गाउँपालिका २ का वडाध्यक्ष गौकला सिंह, लेखापाल मलिम रावत र उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामी भनिने दधि कामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

उनीहरूले आर्थिक वर्ष २०७५/७६ मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण गर्दा वास्तविक लम्बाई बढाएर झुटो प्रतिवेदन तयार पारेका थिए।

उनीहरूले५२० मिटर लम्बाइ रहेको सडकलाई ८२० मिटर बनाएर ३८ लाख ७६ हजार २७० रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दाबी छ। उनीहरूसँग सोही बराबरको सजाय माग दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077