Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुम्लाको चंखेलीमा बाटो निर्माण गर्दा लाखौं भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरेको छ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष सालिग्राम एडीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरूले हुम्लाको सुकिचौरै हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएकोभन्दा बढी कामको मूल्यांकन गराएको, झुटा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली र असिस्टेन्ट सव इन्जिनियर बुढाबाट २ लाख २२ हजार बिगो मागदाबी गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाट पनि २ लाख २२ हजार मागदाबी गरिएको छ ।

चंखेली गाउँपालिका वडा नं ३ का अध्यक्ष सालिग्राम ऐडीले निर्माण सम्पन्न नभएको बाटोलाई भयो भनी सिफारिस गरी सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको भन्दै अख्तियारले सजायको मात्रै माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077