Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी सेनामा रहेका नेपालीबारे परराष्ट्रले जवाफ दिनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयले समितिमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ध्यानाकर्षण पत्र दायर गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

मन्त्रालयले सबै नेपालीलाई स्वदेश ल्याउनुपर्नेमा जोड दिँदै त्यहाँ मारिएका तथा सम्पर्कविहीन भएकाको तथ्यांक परराष्ट्र मन्त्रालयले उपलब्ध गराउनुपर्ने पौडेलको धारणा छ ।

उनले रुसी सेनामा भर्ना भएका,त्यहाँ ज्यान गुमाएका तथा परिवारको सम्पर्कमा नआएका नेपालीको यकिन तथ्यांक उपलब्ध गराउन समितिको ध्यानाकर्षण गराए।

नेपाल र रुस दुवै देशको कानूनले नेपाली युवालाई रुसी सेनामा भर्ती हुने अनुमति नदिए पनि अध्ययन, भ्रमण भिसा वा अन्य अनौपचारिक माध्यमबाट गएका धेरै नेपालीहरु रुसी सेनामा भर्ना भएको औपचारिक तथा अनौपचारिक रुपमा विवरणहरु बाहिर आइरहेको भन्दै नेता पौडेलले सो बारे सरकारले के गर्दै छ भनेर दर्ता गराएको पत्रमा प्रश्न गरेका छन् ।

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका सदस्य र आफन्तहरूले अवस्था तनावयुक्त रहेको उल्लेख गरेका पौडेलले सडक देखि संसदसम्म सो विषयमा आवाज उठाउँदा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077