Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझी आयोगले बुधवार सर्वोच्चमा पुनरावेदन दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादी जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुरविरुद्ध १३ लाख २७ हजार ४३० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाका साथै बिगो असुलउपरको मागदाबी आयोगले गरेको थियो ।

तर विशेषले दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077