Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजारमा सामान्य अंकले सुधार आएको छ। साताको दुई कारोबार दिन आइतबार र सोमबार निरन्तर ओरालो लागेको नेप्से आज ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा अडिएको छ।

मंगलबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ। सामान्य अंकले बढेको बजारमा कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ।

यसदिन ३१३ स्क्रिप्सको ७२ लाख ८४ हजार २७२ कित्ता सेयर २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँमा खरिदबिक्री भए। सोमबार २ अर्ब ५ करोड र आइतबार २ अर्ब २५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन एउटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पोखरा फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो। गुराँस लघुवित्त वित्तीयको ९.९२,सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशतले मूल्य बढेको हो।

माइ खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.८४ प्रतिशतले घट्यो।३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।

फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले बढ्यो। कारोबारमा आएका ११३ स्क्रिप्सको मूल्य बढ्दा ११७ वटाको घट्यो भने १५ को मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077