Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका-१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज आगलागी हुँदा १७ गाई र एक भैँसीसहितको गाई फार्म जलेर नष्ट भएको छ ।


स्थानीय ईश्वर न्यौपानेले सञ्चालन गरेको फार्ममा बिजुली सर्ट भई आगलागी हुँदा रु २१ लाख ९० हजार बराबरको क्षति भएको सञ्चालक न्यौपानेले जानकारी दिए ।


गाईभैँसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक आगो लागेको देखिएपछि निभाउने प्रयास गर्दागर्दै गाईभैँसीका लागि सुक्खा ओछ्याउने सोत्तरमा आगो सल्किएपछि फार्म नै नष्ट भएको उनले बताए ।


आगो लागेपछि स्थानीयवासी, प्रहरी, जुद्ध बारुणयन्त्र भक्तपुरको टोलीले दुई घण्टा पछि आगो निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077