Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने सशस्त्रका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सोमबार विशेष अदालतमा नं ३६ गण हेडक्वाटर डोटी दरबन्दी भएका चन्दविरुद्ध मुद्दा दायर गगरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीबाट लिएको हाइस्कुलको शैक्षिक प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेश गरी परिचर पदमा भर्ना भई माथिल्लो पदका लागि समेत सोही प्रमाणपत्र पेश गरी इन्सपेक्टरसम्म भई सेवा सुविधा लिई भ्रष्टाचार गरकेो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्त घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077