Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई महिनामै तानिए सिन्धुलीका एसपी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिन्धुलीका एसपी बिनोद शर्मालाई हटाएको छ ।

आर्थिक अनुशासन कायम राख्न नसकेको आरोपमा कारबाही स्वरुप उनलाई हटाइएको स्रोत बताउँछ ।

सिन्धुलीका क्रसरसँग मिलेर असुली धन्दा चलाएको उजुरी परेपछि उनको सरुवा भएको हो ।

शर्माको गत फागुन २ गते सिन्धुलीमा सरुवा भएको थियो । सिन्धुलीमा नयाँ एसपी पठाइएको छैन ।

शर्मा यसअघि डिएसपी हुँदा पनि विवादमा परेका अधिकृत हुन् ।

पछिल्लो समय प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोरी देखिएका एसपीलाई तत्काल नै हटाउने नीति लिएको छ ।

यसअघि बाँके, बारा, सर्लाही, रौतहट र महोत्तरीका एसपीलाई कारबाहीस्वरुप सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077