Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामपन्थी एकता वा ध्रवीकरण तत्काल उचित छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता वा ध्रवीकरण उचित नभएको टिप्पणी गरेका छन् ।

शनिवार ललितपुरको गोदावरीमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले मुख्य विषयमा प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै एकता र ध्रुवीकरण तत्काल आवश्यक नहुने बताए ।

सहकार्य र विश्वासको वातावरण बने विचार मिल्ने एक ठाउँमा आउन सक्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077