Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले लोकतन्त्र र शान्तिको पक्षमा रहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु लोकतन्त्र र शान्तिको पक्षमा रहेको बताएका छन् ।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले यस्तो बताएका हुन् ।

एमाले लोकतन्त्र र शान्तिको पक्षमा रहेको उनले स्पष्ट पारे । साथै उनले आफूहरू विश्वका कुनै पनि भू–भागमा भइरहेका युद्ध र बाह्य हस्तक्षेपकाविरुद्ध रहेको बताए ।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको उल्लेख गरेका छन् ।

उनले विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077