Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदर्शन गर्दा फोहरमैला गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका क्षेत्रमा फोहरमैला गरिएको तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै महानगरले जरिवाना गराएको छ ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको आइल्याण्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ जरिवाना गराएको हो ।

त्यस्तै, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

राप्रपा पार्टी कार्यालयमा पत्र पठाउँदै महानगरले क्षतिपूर्तिको रकम महानगरको एनआईसी एशिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077