Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागीमा परेर एक वृद्धको जलेर मृत्यु

दाङ । दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका ९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन् ।

बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उनका नाति राजेन्द्र बोटेले बताए। ​

मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

बिहिवार अपरान्ह ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो। आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077