Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका र बेलायतले लगाए इरानको ड्रोन कार्यक्रममाथि प्रतिबन्ध

एजेन्सी । अमेरिका र बेलायतले इजरायलविरुद्ध इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (युएभी) उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गर्दै प्रतिबन्ध लगाएको हो ।

यस्तै बेलायतले पनि युएभी र ब्यालिस्टिक मिसाइल उद्योगहरूमा सामेल सैन्य सङ्गठन, व्यक्ति र संस्थाहरूलाई लक्षित गरी’ प्रतिबन्ध लगाएको जनाएको छ ।

तेहरानले सिरियास्थित इरानी वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमाणको बदलामा शनिबार राति इजरायलमाथि आफ्नो पहिलो प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो ।

आफ्नो दूतावासमा भएको आक्रमणप्रति इरानले इजरायललाई दोष दिएको थियो । आक्रमणमा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077